२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

तनहुँको गुणादीमा पर्यटक बसको ठक्करबाट वृद्धको मृत्यु

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको पर्यटक बसले पैदलयात्रीलाई ठक्कर दिँदा स्थानीय ७८ वर्षीय सम्मर बहादुर रानाभाटको ज्यान गएको हो।

शनिबार दिउँसो २:०५ बजेको समयमा बा १ प ९२७ नम्बरको पर्यटक बसले बाटो काट्दै गरेका रानाभाटलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

बसको ठक्करबाट गम्भीर घाइते भएका रानाभाटलाई तत्काल उद्धार गरी उपचारका लागि दमौलीस्थित प्रादेशिक अस्पताल पठाइएको थियो। अस्पताल पुऱ्याइएका उनलाई चिकित्सकले दिउँसो २:४० बजे मृत घोषणा गरेका थिए।

प्रहरीले दुर्घटनामा संलग्न बस र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार घटनाको विषयमा थप कानुनी प्रक्रिया र अनुसन्धान अगाडि बढाइएको छ।

प्रकाशित: १६ जेष्ठ २०८३ १६:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App