२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

अनुगमनलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कमल सुवेदीले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन सरकारसँग माग गरेका छन्।  

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवेदीले ग्यासको कृत्रिम अभाव सिजर्ना भइरहेको बताए।  

सांसद सुवेदीले भने, ‘बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा आपूर्ति प्रणालीलाई प्रभावित गर्ने कार्यप्रति सरकारले तत्काल अनुगमन गरी सहज र नियमित आपूर्तिको सुनिश्चितता गरोस्।’

उनले तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका र बबई गाउँपालिका क्षेत्रमा नागरिकले दैनिक उपभोगको ग्यास नपाएर सास्ती भोगिरहेको बताए।  

यससँगै उनले तुलसीपुरमा भएको दुर्घटनाको छानबिन गर्न पनि माग गरे। बिहीबार तुलसीपुर उपमहानगरको फोहोर व्यवस्थापन गर्ने टिपर र अन्य सवारीसाधन दुर्घटनामा तुलसीपुर–११ की २१ वर्षीया कल्पना केसीको मृत्यु भएको थियो। त्यस घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न उनले माग गरे।  

प्रकाशित: २२ श्रावण २०८३ १५:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App