५ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

दुर्गेश थापा भन्छन्ः बझाङको बाघ मात्र होइन, नेपालको शान हो रवीन्द्र

नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले भारतको प्रतिष्ठित ‘म्याट्रिक्स फाइट नाइट’ मा ऐतिहासिक जित हासिल गरेलगत्तै बधाई को ओइरो लागेको छ। प्रधानमन्त्री, नेतादेखि सर्वसाधारणसम्मले उनको तस्बिर राख्दै सामाजिक सञ्जालमा बधाई दिन थालेका छन्। 

यसै क्रममा गायक दुर्गेश थापाले पनि रवीन्द्रको तस्बिर पोस्ट गर्दै उनी बझाङको बाघ मात्र नभएर सिङ्गो मुलुकको शान भएको लेखेका छन्। ‘बझाङको बाघ मात्र होइन, नेपालको शान हो रवीन्द्र, ’दुर्गेशले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाई।’

भारतको प्रतिष्ठित ‘म्याट्रिक्स फाइट नाइट’ मा  शनिबार ऐतिहासिक जित हासिल गर्दै नेपालका रवीन्द्र ढाँट बान्टमवेट च्याम्पियन बनेका हुन्। 

प्रकाशित: १८ श्रावण २०८२ १०:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App