वन क्षेत्रमा हुने गतिबिधिहरु हेरेर वन संरक्षण गर्न कपिलवस्तुमा ड्रोनको माध्यमबाट वन गस्ती सुरु गरिएको छ । डिभिजन वन कार्यालय कपिलवस्तुले आफनो क्षेत्रमा रहेको २१ हजार वन क्षेत्रको वन डिजिटल माध्यमबाट वन गस्ती गर्न ड्रोन गस्ती संचालन गरेको हो । ७३ सामुदायिक वन र २ साझेदारी वन क्षेत्रमा ३ वटा ड्रोन परिचालन गरिएको छ ।
२ बर्ष अघि पटना सव डिबिजनबाट ड्रोन गस्ती सुरु गरिएको थियो । गत बर्ष चेत्रादेई सव डिभिजन र यस बर्ष मोतिपुर सव डिभजिनबाट ड्रान प्रबिधिबाट वन गस्ती सुरु गरिएको डिभजिन वन कार्यालय कपिलवस्तुका वन अधिकृत यादव सापकोटाले बताए । पटना सव डिभिजन वन क्षेत्रमा सबै भन्दा बढी वन अतिक्रमण छ भने चोरी निसकी समेत बढी भएकाले त्यहाबाट २ बर्ष अघि देखि ड्रानबाट वन क्षेत्रको निग्रानीको सुरुवात गरिएको अधिकृत सापकोटाले बताए ।
६ सव डिभजिन रहेकोमा क्षेत्र तोकेर ड्रोन संचालन गरिएको छ । २१ हजार हेक्टर मध्ये ६५ प्रतिशत क्षेत्र ड्रोनबाट निग्रानी गर्न सकिएको सापकोटाले बताए । ड्रोनको प्रयोगले डढेलो नियन्त्रणमा चोरी निकासी, वन अतिक्रम लगायतका गतिबिधिहरु रोक्न धेरै मद्दत मिलेको बताए । गत बर्ष ड्रोनको माध्यमले नै वन क्षेत्रमा अबैधरुपमा चलाइएको डोजर समेत नियन्त्रणमा लिन सफल भएको उनले बताए ।
वन संरक्षण, चोरी निकासी नियन्त्रण तथा वन क्षेत्रमा हुने अवाञ्छित गतिविधि न्यूनीकरण गर्ने यसले धेरै मद्दत मिलेको सापकोटाले बताए । मोतिपुर सव डिभजिन कार्यालयका प्रमुख एजाज आलम अन्सारीले मोतीपुर सव डिभिजन वन कार्यालय अन्तर्गत रहेका १० वटा सामुदायिक वन र एक शान्ताकृञ्ज मधुवन धाम क्षेत्रमा आधुनिक ड्रोन प्रविधिमार्फत अनुगमन तथा गस्ती सुरु गरिएको बताए ।
विशेषगरी रात्रीकालीन समयमा वन क्षेत्रको निगरानी, अवैध गतिविधि तथा नदीजन्य पदार्थ चोरी नियन्त्रण तथा वन सुरक्षालाई थप प्रभावकारी बनाउन एआई प्रविधिसहितको ड्रोन प्रयोगमा ल्याइएको उनले बताए । वन क्षेत्रभित्र हुने काठ तथा वन पैदावारको चोरी निकासी, वन्यजन्तुको चोरी शिकारी, अवैध प्रवेश तथा वन क्षेत्रमा हुनसक्ने आगलागीको जोखिम, नदीजन्य पदार्थ चोरी न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग आवश्यक रहेको बताए ।
‘वन संरक्षणलाई प्रभावकारी र प्रविधिमैत्री बनाउन ड्रोन प्रविधि उपयोगी देखिएको छ, विशेषगरी रात्रीकालीन अनुगमनलाई यसले सहज बनाएको छ’ उनले भने । यस्तै श्रृङगीघाट सामुदायिक वनका अध्यक्ष गणेश बहादुर सिंह ठकुरी सुशीलले वन संरक्षणमा प्रबिधिको प्रयोगले सहजता थप्ने बताए ।
प्रकाशित: ७ जेष्ठ २०८३ १९:५४ बिहीबार





