४ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

जेसिवी दुर्घटना हुँदा चालक गम्भीर घाइते

पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा जेसिवी दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।

बिहीबार दिउँसो साढे १ बजेतिर बराहताल गाउँपालिका–७ नयाँवन स्थित भित्री सडक खण्डमा सडक सफा गर्ने क्रममा जेसिभी दुर्घटना भएको प्रहरीले जनाएको छ।

भे.१.ग. १२७ नम्वरको जेसिवी सडकदेखि तीन सय मिटर तल खस्दा चालक बराहताल–५ का ३३ वर्षीय रामप्रसाद लामिछाने घाइते भएका हुन्।

उनको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।

प्रकाशित: ४ भाद्र २०८३ १५:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App