१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

गए राति मुगुमा ट्याक्टर दुघटना हुँदा चालकको मृत्यु भएको छ। बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युतको सबस्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको लु५त १२३७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो।

सो ट्याक्टर मुगुको सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै गरेको थियो। बाजुरा  गौमुल गाउँपालिका–३ का अन्दाजी २४ वर्षीया सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको सोरुकोट प्रहरी चौकीका बलवीर लावडले जानकारी दिए।

विद्युत् पोल बोक्ने क्रममा उकालोमा ट्याक्टरको ‘ब्रेक फेल’ भई करिब ७०० मिटर तल खस्दा चालक रोकायाको घटनास्थलमै मृत्यु भएको र हुम्ला अदानचुली–२ का २८ वर्षीया रेशम भण्डारी सख्त घाइते भएको लावडले बताए। 

घाइते लवड जिल्ला अस्पताल मुगु लगिएको छ। ट्याक्टरमा चालक रोकाया र भण्डारी दुई जनामात्र सवार रहेको लावडले बताए। रासस

प्रकाशित: २५ कार्तिक २०८२ ०९:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App