१४ कार्तिक २०८३ शनिबार
image/svg+xml
समाज

मकवानपुरमा डिजेल बोकेको ट्याङ्कर दुर्घटना हुँदा चालकको मृ*त्यु

मकवानपुरमा डिजेल बोकेको ट्याङ्कर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

शुक्रबार साँझ करिब ७ः३० बजे बकैया गाउँपालिका–५ तिनतल्ले फास्ट ट्र्याक नजिक मदन भण्डारी लोकमार्गमा ट्याङ्कर दुर्घटना भएको हो।

हेटौंडाबाट हात्तीसुँडेतर्फ जाँदै गरेको ना.६ ख २९४९ नम्बरको डिजेल लोड ट्याङ्कर सडकको बायाँतर्फ पल्टिएको थियो। दुर्घटनामा चालक ट्याङ्करभित्र च्यापिएका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी गरगरेबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय पशुपतिनगर र फापरबारीबाट समेत प्रहरी टोली खटिएको थियो।

प्रहरीका अनुसार राति १० बजे ट्याङ्करमा च्यापिएका चालकलाई निकाल्दा उनको मृत्यु भइसकेको थियो।

मृत्यु हुनेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ निवासी करिब ४० वर्षीय रमेशकुमार रायमाझी रहेका छन्।

उनको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ कार्तिक २०८३ ०९:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App