१४ कार्तिक २०८३ शनिबार
image/svg+xml
राजनीति

पत्रकार धरपकड प्रकरणबारे गोकुलको प्रश्न : सरकारका संयन्त्रमाथि कसको नियन्त्रण छ ?

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पत्रकारमाथि धरपकड प्रकरणमा सरकारका संयन्त्रमाथि कसको नियन्त्रण छ भन्दै प्रश्न गरेका छन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घटनाप्रति खेद प्रकट गर्नु र प्रधानमन्त्री कार्यालयले आफ्नो संलग्नता अस्वीकार गरेको बताउँदै उक्त प्रश्न गरेका हुन्।

सामाजिक सञ्जालमार्फत बाँस्कोटाले सरकारका संयन्त्रमाथि कसको नियन्त्रण छ भन्ने जटिल प्रश्न खडा भएको बताएका छन्। उनले पत्रकार धरपकड प्रकरणमा अब शंका प्रहरीतर्फ सोझिएको भन्दै घटनाको छानबिन गर्न माग गरेका छन्।

'ब्ल्याक एन्ड ह्वाइटमा भनिन्छ– पत्रकार धरपकड प्रकरणमा रास्वपाको खेद प्रकट र प्रधानमन्त्री कार्यालयको संलग्नता अस्वीकारोक्तिले सरकारका संयन्त्रमाथि कसको नियन्त्रण छ भन्ने जटिल प्रश्न खडा भयो। अब शंका प्रहरीतिर सोझियो, छानबिन गर,' बाँस्कोटाले भनेका छन्।

प्रकाशित: १४ कार्तिक २०८३ ०९:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App