१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

डा. रामेश कोइराला राजीनामा दिएर अमेरिका पुगे

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीका कार्डियोभास्कुलर विभागका प्रमुख वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन रामेश कोइरालाले पदबाट राजीनामा दिएर बिदेसिएका छन्।

उनले बुधबार एक्समा पोस्ट गर्दै व्यक्तिगत कारणले काम गर्न असमर्थ रहेको जनाउँदै आगामी असोज ३० गतेदेखि लागू हुने गरी राजीनामा दिँदै उनी अमेरिका पुगेका हुन् ।

उनी अमेरिका गएको खबर पाएपछि सञ्चारकर्मी इन्द्रध्वज क्षेत्रीले डा। रामेश कोइराला विदेशिनु भएको खबर सुनेपछि आज बिहानैदेखि मन भारी भएको भन्दै सामाजिकमा पोष्ट गरेका छन् । 

‘न पुराना, न नयाँ, कसैलाई पनि सक्षम र आलोचनात्मक चेत भएको मान्छे चाहिएको छैन। चाहिएको छ त खाली चाटुकार । कार्यकारी तहमा गई आफ्नो चिकित्सकीय दक्षता र व्यवस्थापकीय कौशल प्रयोग गरेर कुनै सरकारी संस्थालाई उदाहरणीय बनाउन चाहेको र त्यसका लागि लगभग एक दशकदेखि वहाँले गरेका प्रयासबारे केही जानकार छु । आगामी भविष्यको लागि धेरै शुभकामना डाक्टर सा’ब । तपाईँ त जहाँ गए पनि जे गरे पनि चम्किनुहुनेछ, मुलुकले भने एउटा आशा गुमाएको छ’, सञ्चारकर्मी क्षेत्रीले भनेका छन् ।

डा. कोइरालाले हाल आफू विदेश रहेको भन्दै उनले सामाजिक सञ्जाल एक्समार्फत नै राजीनामाको घोषणा गरेका छन्। उनले गंगाललमा २५ वर्ष काम गरेका थिए । ‘हाल म विदेशमा भएकाले मिति १६ अक्टोबर २०२५ अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले तदनुसार सोही मिति ३० असोज २०८२ देखि लागू हुने गरी मेरो राजीनामा स्वीकृत गरी सञ्चालक समितिलाई समेत अवगत गराइदिन हुन अनुरोध गर्दछु,’ उनले कार्यकारी निर्देशकलाई सम्बोधन गरी लेखेको राजीनामा पत्रमा उल्लेख छ ।

उनले आफू फरक कलेबरमा फर्कने सम्भावना रहेको पनि उल्लेख गरेका छन् । ‘ एक्कासि सीप, देश, पेसा छाड्दा मन अमिलो त भो तर फरक कलेबरमा फर्किने सोच पनि ज्युँदै छ । र म सो बेला सायद सर्जन नहुँला । सरी१ कुनै दिन म रिक्सा चलाएरै पनि घर चलाउन सक्छु भन्दा पत्याउने मेरा घरकालाई सलाम’, उनले भनेका छन् ।

प्रकाशित: २८ श्रावण २०८२ १६:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App