१ मंसिर २०८२ सोमबार
image/svg+xml
समाज

बालुवाटारमा बम हान्छु भन्ने डा.निकोलस पाँच दिन हिरासतमा रहने

प्रधानमन्त्री निवास रहेको बालुवाटारमा बम हान्छु भन्ने विवादित अभिव्यक्ति दिएका डा.निकोलस भुसाल थप पाँच दिन प्रहरी हिरासतमा रहने भएका छन्।  

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भुसाललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। हिंसा भड्काउने अभिव्यक्ति दिएको भन्दै प्रहरीले उनलाई हिजो मंगलबार गोरखाबाट नियन्त्रणमा लिएको थियो। प्रहरीले उनलाई बुधबार नै जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएको हो।  

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको अनुमति दिएका हुन्।  

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र काठमाडौंका तत्कालिन प्रमुख जिल्ला अधिकारी छवि रिजालको घर घेर्ने भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका भुसालले बालुवाटारमा  ‘क्षेप्यास्त्र आक्रमण गर्ने’ चेतावनी दिएका थिए।  

उनीविरुद्ध  ‘सार्वजनिक शान्ति विरुद्धको कसुर’ अन्तर्गत झुटा अफवाह फैलाएको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उक्त कसुरमा दोषी पाइए एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । 

प्रकाशित: १९ कार्तिक २०८२ १७:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App