४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

मलंगवामा दर्जनौं राउण्ड अश्रुग्यास चल्यो

जेन–जी युवा पुस्ताको सपोर्टमा अहिले सर्लाही सदरमुकाम मलंगवामा प्रहरी र प्रदर्शनकारी बीच झडप जारी छन्।

आन्दोलनका क्रममा प्रदर्शनकारीहरुको भिड सदरमुकाम मलंगवास्थित जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय तर्फ अगाडि बढेपछि स्थिति नियन्त्रणमा लिन आज बिहानैदेखि प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेका हुन्।  

जेन-जीको सपोर्टमा उत्रिएका प्रदर्शनकारीहरुले ढुंगामुढासहित अदालत र प्रशासन कार्यालयमा आक्रमण गर्न थालेपपिछ स्थिती नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिएको सुरक्षा अधिकारीहरुले जनाए।

प्रकाशित: २४ भाद्र २०८२ १३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App