१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

चितवनमा कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

चितवनको भरतपुरमा गएराति भएको सवारी दुर्घटनामा एक चिकित्सकको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका–१० बिशालचोकमा रमाइलो चोकबाट आउँदै गरेको बा १५ च ४६९३ नम्बरको कार गएराति करिब १ः३० बजे अनियन्त्रित भई सडक किनारमा रहेको रुखमा ठोक्किँदा कारमा सवार भरतपुर–२ आँपटारीका डा. बिप्लब भट्टको मृत्यु भएको हो। दुर्घटनामा परी गम्भीर घाइते भएका डा भट्टको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा राति नै २ः०५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: १४ भाद्र २०८२ ०७:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App