२६ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

लालबकैया नदीमा बेपत्ता ३ बालबालिकाको खोजीमा जुट्यो गोताखोर टोली

रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएपछि उनीहरूको खोजीमा गोताखोरसहितको सुरक्षा टोली खटिएको छ।

मंगलबार दिउँसो करिब १:५० बजे नदीमा नुहाउन गएका १०/१० वर्षका तीन बालबालिका एकैसाथ बेपत्ता भएका हुन्।

नदीमा बालबालिका डुबेर बेपत्ता भएको खबर पाउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय गोताखोरको संयुक्त टोली उद्धारका लागि तत्काल घटनास्थल पुगेको थियो। टोलीले नदीका सम्भावित स्थानहरूमा खोजी कार्यलाई तीव्रता दिएको छ।

बेपत्ता हुनेहरूमा स्थानीय शेख अमरे आलमका १० वर्षीय छोरा मो. रमतुल्लाह, शेख खुरसेदकी १० वर्षीया छोरी रौशन खातुन र शेख ओसि अख्तरकी १० वर्षीया छोरी सवनम खातुन रहेका छन्।

स्थानीयवासीको समेत प्रत्यक्ष सहयोगमा सुरक्षाकर्मी र गोताखोरको टोलीले नदीमा बालबालिकाहरूको खोजी कार्य निरन्तर जारी राखेको छ।

प्रकाशित: २६ श्रावण २०८३ १६:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App