२३ वैशाख २०८३ बुधबार
image/svg+xml
समाज

सङ्खुवासभा एकद्वार प्रणाली, एउटै ठाउँबाट प्रवाह हुनेछन् सबै सेवा

<br>

जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले सेवा प्रवाहलाई सहज, छरितो र नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु गरेको छ।

सो प्रणालीमार्फत नागरिकता, राहदानीलगायत महत्त्वपूर्ण सेवा अब एउटै स्थानबाट उपलब्ध गराइने भएको छ। सेवाग्राहीले अब विभिन्न शाखा धाउनुपर्ने झन्झट समाप्त भएको छ।

सोमबारदेखि एकद्वार प्रणालीमार्फत सेवा प्रवाह लागू गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताइन्।

सेवाग्राहीलाई सहजीकरणका लागि सहायता कक्षसमेत सञ्चालन गरिएको छ। सरकारले सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउन प्रशासनिक निकायहरूमा एकद्वार सेवा प्रणाली लागू गर्ने नीति अघि सारेको थियो।

प्रकाशित: ८ वैशाख २०८३ १५:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App