५ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
समाज

विद्यार्थीलाई पोसाक वितरण

कालीकोटको खाँडाचक्र नगरपालिकाले २ सय ७० जना विद्यार्थीलाई पोसाक वितरण गरिएको छ। भवानी आधारभूत विद्यालय मेग्रका २ सय ७० जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको हो।

विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरू विपन्न परिवारबाट रहेका र उनीहरूको आर्थिक अवस्था सबल नभएको कारण ती विद्यार्थीहरूको पठनपाठनमा आउने कठिनाइहरूमा केही सहजता होस् भन्ने उद्देश्यले नगरपालिकाले विद्यालयमा पोसाक प्रदान गरेको खाँडाचक्र नगरपालिकाका नगरप्रमुख कमल बहादुर शाहीले बताए।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत शिक्षासँग नगरपालिका विशेष विद्यार्थी पोसाक वितरण गरिएको हो।

विद्यार्थीको पठनपाठनमा सहजतासँगै विद्यार्थीबिच पोसाकले एकरूपता ल्याउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश राज जोशीले बताए।

पोसाकका कारणले विद्यार्थी विद्यालयमा उपस्थित नहुने वातावरण अन्त्यका लागि उक्त पोसाकले मद्दत पुग्ने उनको भनाइ छ।

विद्यार्थीलाई पोसाकको कारण अब असहज नहुने महादेव आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिपाल विकको बताए।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत शिक्षासँग नगरपालिका विशेष विद्यार्थी पोसाक वितरण कार्यक्रम नगरपालिकाका अन्य विद्यालयमा समेत रहेको  शिक्षा शाखा प्रमुख जसीप्रसाद चौलागाईँ बताए।

नगरपालिकाले शैक्षिक सुधारका लागि विभिन्न गतिविधि सञ्चालन गर्दे आएको छ।

प्रकाशित: ३१ वैशाख २०८३ १९:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App