१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

विपन्न र दलित घरलाई निःशुल्क मिटर बक्स वितरण

वडा कार्यालयले दलित तथा गरिब परिवारलाई निःशुल्क मिटर बक्स वितरण गर्दै । तस्बिर: नागरिक

दैलेखको महावु गाउँपालिका –२ मा रहेका विपन्न र दलित घर परिवारलाई निःशुल्क विद्युतको मिटर बक्स वितरण गरिएको छ ।

महावु गाउँपालिका –२ मा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुगे पनि आर्थिक आभावका कारण जोड्न नसक्ने परिवारलाई वडाले निःशुल्क वितरण गरेको हो । 

वडाले त्यस्ता परिवार पहिचान गरेर वितरण गरेको छ । वडामा रहेका २६ विपन्न तथा दलित घर परिवारलाई विद्युतको मिटर बक्स वितरण गरिएको जनाइएको हो । आर्थिक अवस्था कमजोर भएका दलित तथा विपन्न परिवारलाई वडा कार्यालय मार्फत बत्तीको पहुँच होस् भनेर सानो प्रयास गरिएको वडाअध्यक्ष प्रकाशराज थापाले बताए । वडामा विगत तिन वर्षअघिदेखि विद्युत् पहुँच पुगेको थियो । यसअघि ३ आर्थिक वर्षयता वडाले १ सय २८ घरधुरीलाई निःशुल्क मिटर बक्स वितरण गरेको छ ।

एउटै मिटर बक्सबाट सवमिटर राखेर विद्युत् उपभोग गर्दा जोखिम हुनुका साथै विद्युत् महसुल तिर्दा झन्झट हुने भएकाले त्यस्ता समस्या समाधान गर्न निःशुल्क मिटर बक्स वितरण गरिएको वडाअध्यक्ष थापाले बताए । वडाबाटै छुट्ट्याइएको बजेटबाट मिटर बक्स वितरण गरिएको जनाइएको छ । प्रत्यक्ष रुपमा वडाबाट बत्ती बाल्नका लागि मिटर बक्स पाएपछि नागरिकहरू खुसी भएका छन् ।

प्रकाशित: ३१ असार २०८२ १५:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App