नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) अविनारायण काफ्लेलाई दिइएको छ।
प्रहरी प्रधान कार्यालयले संगठनद्वारा सम्पादित जनसरोकारका कामकारबाही सञ्चार माध्यममा सम्प्रेषण गर्न मंगलबार उनलाई प्रवक्ताको जिम्मेवारी दिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ।
यसअघि केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरे थिए। प्रवक्ता काफ्ले प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन्।
प्रकाशित: १९ कार्तिक २०८२ ०९:३६ बुधबार


-600x400.jpg)

