१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

धनुषा कर्फ्यु : बिहान ६ देखि ८ बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जिल्ला प्रशासन कार्यालयले जनकपुरधाम क्षेत्रमा जारी कर्फ्यु आदेश कायम रहेको जनाउँदै अहिले ६ देखि ८ बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न घरबाट बाहिर निस्कन पाइने बताएको छ।

कर्फ्युका बेला अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, पानी तथा दूध बोकेका सवारी साधनलगायतका अत्यावश्यक सेवाहरू सुचारु रहने छन्।

त्यसैगरी, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसकर्मी, तीर्थयात्री, बिरामी, विमानस्थल आउजाउ गर्ने यात्रीलाई सम्बन्धित निकायबाट जारी भएको परिचयपत्र, हवाई टिकटका आधारमा आवतजावत गर्न दिइने छ। 

प्रकाशित: १५ श्रावण २०८३ ०६:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App