१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

धनगढी बस दुर्घटना : एक जनाको मृत्यु, १२ घाइते

धनगढीबाट पोखराका लागि छुटेको बा२ख १९०७ नम्बरको बस आज दिउँसो धनगढीको बोराडाँडी सडकखण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्रबहादुर देउवाका अनुसार धनगढी उपमहानगरपालिका–४ का ६२ वर्षीय गणेशबहादुर शाहीको मृत्यु भएको हो। बसमा सवार सबै १२ जना घाइते भएका छन्। उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर छ।

घाइतेहरूको धनगढीका विभिन्न अस्पतालमा उपचार जारी छ। 

प्रकाशित: १८ आश्विन २०८२ १६:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App