१९ असार २०८३ शुक्रबार
image/svg+xml
समाज

ढाक्रेखोला सडकखण्ड १५ दिन बन्द

फाइल तस्बिर

ऋषिङ गाउँपालिकाको श्रृङ्गपथ सडकअन्तर्गत वडा नम्बर ६ स्थित ढाक्रेखोलामा ढलान कार्य सुरु भएकाले त्यस सडक १५ दिन पूर्ण रूपमा अवरुद्ध हुने भएको छ।

निर्माण कार्यको गुणस्तरीयता सुनिश्चित गर्न तथा कामलाई तीव्रता दिन बिहीबारदेखि १५ दिनसम्म उक्त सडकखण्ड बन्द रहनेछ।

यस अवधिमा सर्वसाधारणलाई चालिसे–काहुँ–दमौली सडक तथा सिमनाथ–काहुँ–चालिसे सडक वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न गाउँपालिकाले अनुरोध गरेको छ। रासस

प्रकाशित: १९ असार २०८३ १४:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App