३ श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

फाइल तस्बिर

साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो बढेको छ।

साउने सङ्क्रान्तिका दिन बिहान झरीकाबीच पनि पशुपतिनाथ मन्दिरमा भक्तजनको लर्को लागेको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखाका निमित्त प्रमुख अरुण विसेटले जानकारी दिए।

साउन महिना भगवान् शिवको महिना भएकाले यो महिनामा धेरै भक्तजन पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शनका लागि आउने गर्छन्।

पशुपतिनाथ र शिवालयमा हरियो एवं रातो पहिरनमा सजिएका महिलाको विशेष उपस्थिति देखिन्छ। साउनमा पशुपतिनाथ आउने भक्तजनका लागि सहज रुपमा दर्शन गराउने सुविधा दिने उद्देश्यले कोषले विभिन्न तयारी अघि बढाएको छ।

जसअन्तर्गत आज साउन महिनाभर स्वयंसेवकका रुपमा काम गर्नेहरुसँग बैठक गर्न लागिएको पनि कोषले जनाएको छ।

 पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत काठमाडौं उपत्यकाका शिवालयमा पनि भक्तजनको लर्को देखिएको छ।

प्रकाशित: १ श्रावण २०८३ १३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App