१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

काठमाडौंमा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने

फाइल तस्बिर

काठमाडौंमा तिहारको देउँसीभैलो राति ९ बजेपछि खेल्न नपाइने भएको छ ।  

जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक विज्ञप्ति जारी गर्दै ९ बजेपछि देउँसीभैलो खेल्न रोक लगाएको हो ।  

प्रशासनले देउँसीभैलो लगायतका कार्यक्रम मर्यादित रुपमा खेल्न आग्रह गरेको छ । साथै देउँसी भैलो खेल्दा पनि कहि कतैबाट गुनासो नआउने गरी मात्र खेल्न भनेको छ ।

सार्वजनिक आवागमन हुने सडक मार्ग अवरोध हुनेगरी खेल्न नपाइने सहायक जिल्ला अधिकारी मुक्तिराम रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

प्रशासनले तिहारमा  पटकालगायतका  विष्फोटक पर्दाथ बिक्रीवितरण तथा प्रयोगमा पनि रोक लगाएको छ ।  

 

प्रकाशित: ३१ आश्विन २०८२ २०:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App