६ श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

जग्गा रोक्का सहजीकरण गरिदिने भन्दै घुस लिएको आरोपमा नायव सुब्बा नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमी प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेललाई घुस लिएको आरोपमा पक्राउ गरेको छ।

सेवाग्राहीसँग जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भन्दै घुस माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार कण्डेललाई सेवाग्राहीबाट ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो। पक्राउका क्रममा उक्त रकमसँगै श्रोत नखुलेको २१ हजार ७० रुपैयाँ समेत बरामद भएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित: ३० जेष्ठ २०८३ १९:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App