२ असार २०८३ मंगलबार
image/svg+xml
समाज

राहदानी खरिद प्रकरणमा विभागका महानिर्देशक अख्तियारको नियन्त्रणमा

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पासपोर्ट खरिद प्रक्रियासँग सम्बन्धित छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा लिएको छ। 

उच्च सरकारी स्रोतका अनुसार, उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर अनुसन्धानका लागि आयोगसमक्ष पठाइएको हो। पासपोर्ट खरिदसँग सम्बन्धित आवश्यक फाइलहरू बोकेर प्रधानमन्त्री कार्यालय पुगेका अर्याललाई अख्तियार टोलीले नियन्त्रणमा लिएको थियो। 

अख्तियार प्रमुख प्रेमकुमार राईसमेतको टोलीले पासपोर्ट खरिदसँग सम्बन्धित फाइलमा अध्ययन गरेपछि थप अनुसन्धान आवश्यक रहेको निष्कर्षसहित अर्याल र राहदानी विभागका सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीलाई नियन्त्रणमा लिएको हो। 

अख्तियारले अहिले पासपोर्ट खरिद प्रक्रियामा अनियमितता भएको आशंकामा अध्ययन गरिरहेको छ।

प्रकाशित: २ असार २०८३ १३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App