१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मध्यपुरथिमि नगरपालिका भक्तपुरमा रहेको एक स्टोरलाई रु १० हजार जरिवाना गरेको छ।

विभागले गरेको अनुगमनका क्रममा कैफियत देखिएको पाइएपछि विभागले थिमिमा रहेको रमेश थापा स्टोरलाई जरिवाना गरेको हो। उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो स्टोरलाई जरिवाना गरिएको हो।

यस्तै, गणपति जी ट्रेडर्सलाई भने व्यवसायसँग सम्बन्धित कागजात लिइ एक दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ। विभागले थप १४ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ। उपभोक्ता अधिकारकर्मी, स्थानीय प्रशासन तथा जनप्रतिनिधिको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुमगन गर्दै आएको जनाएको छ।

प्रकाशित: २० माघ २०८२ ०६:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App