बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जनजीवन प्रभावित भएको छ। चिसोले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन्।
स्थानीय घरबाहिर निस्कन सकेका छैनन्। बिहान खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन्। साँझपख पनि चिसो बढ्न थालेपछि बजार साँझै सुनसान हुन थालेका छन्।
कठ्याङ्ग्रिँदो चिसोसँगै हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारी चालक नेपालगञ्ज १६ का रामप्रसाद थारु बताउँछन्।
चिसोले दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी पनि बढेका भेरी अस्पतालका सूचना अधिकारी सङ्केत रिसालले बताए। हिजोआज अस्पतालमा १०० बढी निमोनिया र रुघाखोकीका बिरामी आउने गरेका जानकारी उनले राससलाई दिए। रासस
प्रकाशित: १८ पुस २०८२ १०:०७ शुक्रबार





