१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

दिल्ली विस्फोट : भारतसँग नेपालको ऐक्यबद्धता, प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

भारत, दिल्लीको लाल किल्लानजिकै भएको विस्फोटलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीले दुःख व्यक्त गरेकी छिन्। सामाजिक सञ्जालमार्फत उनले दुःख व्यक्त गरेकी हुन्।  

उनले भारतीय समकक्षी नरेन्द्र मोदीलाई मेन्सन गर्दै लेखेकी छिन्, ‘हिजो साँझ भएको दुखद दिल्ली विस्फोटबाट म स्तब्ध र मर्माहत भएको छु। शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गर्दछु। यस दुःखको घडीमा नेपाल भारतसँग ऐक्यबद्धतामा उभिएको छ।’  

सोमबार बेलुका भएको विस्फोटमा ९ जनाले ज्यान गुमाएका छन् भने २० जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

प्रकाशित: २५ कार्तिक २०८२ ११:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App