२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

‘दीपक मनाङे’ जेलमुक्त

गण्डकी प्रदेशका पूर्व सांसद ‘दीपक मनाङे’ भनेर चिनिने राजीव गुरुङ कैद सजाय भुक्तान गरेर जेलमुक्त भएका छन्। 

ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई डिल्लीबजार कारागार चलान गरिएका मनाङेले बाँकी कैद सजाय पूरा गरेपछि बुधबार कारागारबाट छुटेका हुन्। 

उनीमाथि २०६१ वैशाख ३१ गते काठमाडौंको महाराजगन्ज क्षेत्रमा ‘चक्रे मिलन’ भनेर चिनिने मिलन गुरुङमाथि खुकुरी प्रहार गरेको आरोपमा मुद्दा दायर भएको थियो। उक्त मुद्दामा अदालतले पाँच वर्ष कैद सजाय सुनाएको थियो।

प्रकाशित: २७ फाल्गुन २०८२ १६:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App