४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

रौतहटमा ४ वर्षीया बालिकाको मृत्यु प्रकरण: कार चालकलाई ५ दिन म्याद थप

रौतहटमा चुनावी प्रचारमा प्रयोग भएको कारको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको घटनामा पक्राउ परेका चालकविरुद्ध अदालतले म्याद थप गरेको छ।

जिल्ला अदालत रौतहटले चालक २७ वर्षीय शेख मुस्ताखलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार परोहा नगरपालिका–३ घर भएका मुस्ताखविरुद्ध सवारी ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ।

बिहीबार दिउँसो २ बजेतिर रौतहटको इशनाथ नगरपालिका–३ मठिया टोलमा बा १५ च ४२४४ नम्बरको कारले ठक्कर दिँदा स्थानीय ४ वर्षीया बालिका अल्फा खातुनको मृत्यु भएको थियो।

प्रहरी अनुसन्धानका क्रममा दुर्घटना गराउने उक्त कार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रौतहट क्षेत्र नम्बर-२ का उम्मेदवार शेख सगिरको नाममा रहेको खुलेको छ।

दुर्घटनाका बखत उक्त कार सगिरकै चुनावी प्रचारप्रसारमा खटिएको थियो। यद्यपि, दुर्घटना हुँदा उम्मेदवार सगिर भने कारमा सवार नरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ माघ २०८२ १७:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App