जुम्लामा गोठालो गएका बेला चट्याङ लाग्दा एक जना युवकको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन्।
हिमा गाउँपालिका–२ छोटाखर्क पाटनमा पशुचौपाया चराउन गएका १९ वर्षीय रविन्द्र रावतको चट्याङ लागेर मृत्यु भएको हो।
पाटनमा गोठालो गएको अवस्थामा बुधबार साँझ परेको चट्याङ लागेर रावतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
चट्याङ लागेर घाइते भएका अर्का एक जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ। घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: १८ असार २०८३ १९:१४ बिहीबार





