१२ आश्विन २०८३ सोमबार
image/svg+xml
समाज

कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा रूपन्देहीमा एक जनाको मृत्यु

रूपन्देहीको देवदहमा कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ।

मृत्यु हुनेमा देवदह नगरपालिका-७ हेलेटोल बस्ने ३८ वर्षीय नविन गुरूङ रहेका छन्।

प्रहरीका अनुसार सोही नगरपालिका-७ नयाँ टोलस्थित कुलोमा करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा गए राति गुरूङ गम्भीर घाइते भएका थिए।

घाइते उनलाई तत्काल उपचारका लागि मणिग्रामस्थित क्रिमसन हस्पिटल पुर्‍याइएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनाको सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १२ आश्विन २०८३ १५:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App