सान्नीत्रिवेणी गाउँपालिका–३, लुयाटाका ५५ वर्षीय टिकराम देवकोटाको करेन्ट लागेर मृत्यु भएको छ।
मंगलबार साँझ बाख्रा हेरेर घर फर्कने क्रममा पोलबाट चुडिएको विद्युत् तारले करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गणेश ज्ञवालीले जानकारी दिए।
प्रहरीका अनुसार उक्त तार पोलमै छोइएको अवस्थामा रहेको र त्यसैबाट करेन्ट प्रवाह हुँदा दुर्घटना भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २३ वैशाख २०८३ ०७:१६ बुधबार


-600x400.jpg)


