१८ जेष्ठ २०८३ सोमबार
image/svg+xml
समाज

दैलेख दुर्घटना अपडेट: तीन जनाको मृत्यु, पाँच घाइते

दैलेखको भैरवी गाउँपालिका–७ कालगौडामा कालिकोट जाँदै गरेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन्।

सोमबार दिउँसो करिब १ बजेतिर सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सु।प। ०१–००१ च ४९६४ नम्बरको डबल क्याप बोलेरो एक्कासी ब्रेक फेल भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो। दुर्घटनामा घाइते भएका ८ जनामध्ये ३ जनालाई दैलेख जिल्ला अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका छन्।

मृत्यु हुनेहरूमा शुभकालिका गाउँपालिका–६ निवासी अन्दाजी ३५–३६ वर्षीय चालक कलबहादुर रोकाय, शुभकालिका गाउँपालिका–४ निवासी अन्दाजी ३८–३९ वर्षीय मित्र सुनार र शुभकालिका गाउँपालिका–६ निवासी अन्दाजी ५५–६० वर्षीया पुल्तिसरा विक रहेको दैलेख प्रहरीले जनाएको छ। 

अन्य घाइतेमध्ये सुमत विक र नैन सुनारलाई थप उपचारका लागि प्रदेश अस्पताल, सुर्खेत पठाइएको जनाइएको छ। बाँकी घाइतेहरूको पनि उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ जेष्ठ २०८३ १६:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App