१८ जेष्ठ २०८३ सोमबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभाको बैठक मंगलबारसम्मका लागि स्थगित

राष्ट्रिय सभाको आजको दोस्रो बैठक कार्यसूचीमा प्रवेश नै नगरी मंगलबारसम्मका लागि स्थगित भएको छ।

राष्ट्रिय सभाको आजको पहिलो बैठकमा आकस्मिक समय लिएर बोल्ने सांसदहरुले आइतबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएकाअभिव्यक्तिप्रति विमति जनाउँदै बैठक सञ्चालनमा व्यवधान गरेका थिए।

त्यसपछि अध्यक्ष नारायणप्रसाद दाहालले २० मिनेटका लागि बैठक स्थगित गरेका थिए।

दोस्रो बैठकमा पनि सांसदहरुले निरन्तर विरोध गरेपछि अध्यक्ष दाहालले भोलि जेठ १९ गते मंगलबार १ः१५ बजेसम्मका लागि बैठक स्थगन भएको घोषणा गरे।

प्रकाशित: १८ जेष्ठ २०८३ १६:२७ सोमबार