१५ कार्तिक २०८३ आइतबार
image/svg+xml
समाज

अर्नब चक्रवातको प्रभाव घट्दै, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै गएपछि देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने भएको छ।

पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको र माथिल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेकाले मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ। बाँकी क्षेत्रमा भने आंशिक बादल लागेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ। हिमाली र पहाडी क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।

आज राति पनि देशभर आंशिक बादल लाग्ने पूर्वानुमान छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ।

त्यस्तै, तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: १५ कार्तिक २०८३ ०६:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App