चितवनको कालिका नगरपालिका-७ स्थित गोर्खाली चोकमा मोटरसाइकलको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ।
बा.प्र.०६-००२ प ७८८९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ५६ वर्षीय रेशम थापाको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा काठमाडौंस्थित न्यूरो अस्पतालमा आइतबार दिउँसो मृत्यु भएको हो।
प्रहरीले ठक्कर दिने मोटरसाइकलका चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २ कार्तिक २०८२ १८:११ आइतबार





