प्रहरीको साइबर ब्यूरोले अधिवक्ता स्वागत नेपाललाई बोलाएको छ। सांसद नभएको व्यक्ति र प्रधानन्यायाधीश भइसकेको व्यक्ति प्रधानमन्त्री हुनु उनलाई प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध भ्रम फैलाएको आरोपमा सोधपुछका लागि बोलाएको हो।
अधिवक्ता नेपालले आफूलाई प्रहरीले सोमबार फोन गरेर साइबर ब्यूरोमा आउन आग्रह गरेको बताए। ‘म आजै आउ कि भनेको तर तिहार मानेर आउनूस् भन्नुभएको छ, तिहारपछि जान्छु काठमाडौं बाहिर नजान आग्रह गरेको छ’, अधिवक्ता नेपालले भने।
पेसाले अधिवक्ता रहेका नेपाल राजावादी आन्दोलनका प्रवक्ता हुन्। १५ चैतमा पनि राजावादी आन्दोलनका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो। केही दिन अघि यो संविधानले कार्कीलाई प्रधानमन्त्री बन्न दिदैँन आफैले प्रधानमन्त्री बन्न हुँदैन भनेको विषयमा आफै प्रधानमन्त्री भएको भन्दै प्रधानमन्त्री कार्कीको आलोचना गरेका थिए।
प्रकाशित: ४ कार्तिक २०८२ ०८:३६ मंगलबार





