चितवनको भरतपुर र नारायणगढ क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार (आज) १२ बजेदेखि लागु हुने गरी कर्फ्यु आदेश गरेको हो।
प्रशासनले भरतपुर महानगरपालिकाको केन्द्रिय वस टर्मिनल, नारायणी पुल, उत्तर तर्फ पोखरा बसपार्कदेखि विशालचोक, दक्षिण तर्फ त्रिचोक(भरतपुर विमानस्थल पछाडी)को क्षेत्रलाई आधार बनाएर कर्फ्यु जारी गरिएको हो। यी क्षेत्रमा आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, पदर्शन, सभा, बैठक, घेराउ, गर्न नपाउने गरी कर्फ्यु आदेश गरिएको हो।
साथै कर्फ्युको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरू, सञ्चारकर्मी, पर्यटकका सवारी साधन, मावन अधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरू र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवगमनमा सुरक्षाकर्मीहरूबाट सहजिकरण गरिने बताइएको छ।
जेन–जीले आज चितवन बन्दको घोषणा समेत गरेका थिए। सोमबार भएको आन्दालनमा चितवनमा २३ जना घाइते भएका थिए।
प्रकाशित: २४ भाद्र २०८२ ११:४० मंगलबार





