२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
समाज

नक्कली कार्यालय संचालन गरी ठगी गर्ने दम्पती पक्राउ

नक्कली सरकारी कार्यालय संचालन गरी ठगी गर्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । ठाकुरबाबा नगरपालिका–३ बगनाहा बजारमा नक्कली सिंचाई कार्यालय संचालन गरेको आरोपमा प्रहरीले दम्पतीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–३ का २४ वर्षीय घनश्याम न्यौपाने र दाङ लमही नगरपालिका–५ का २३ वर्षीया कृपा चौधरी रहेकी छन् । ठाकुरबाबा नगरपालिका–३ बगनाहा बजारमा ‘प्रगन्ना तथा बड्कापथ सिंचाई विभाग, टिकापुर लम्की नामले कार्यालय खोलेर ठगी गरेको उनीहरुमाथि आरोप लागेको छ ।

उक्त कार्यालयमा काममा लगाईदिन्छु भनी स्थानीय व्यक्तिहरुलाई कर्मचारीमा नियुक्ती दिएको र मजदुरी काममा लगाई ज्यालासमेत नदिएको र कार्यालय संचालन गरेको घर धनीलाई घरको तल्ला थप्न लगाई रकम भुक्तानी नदिई ठगी गरेको आरोप छ । आफैंले सरकारी कागज तथा छाप बनाई हस्ताक्षर, नियुक्ती पत्रमा छाप हानेको र रकम निकासा पश्चात भुक्तानी दिने भनि रकम समेत लिई ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उक्त कार्यालयको आफु सातौं तहको अधिकृत ९कार्यालय प्रमुख० भनी न्यौपानेले झुठा विवरण दिई ठगी तथा कागजात किर्ते गरेको भनी घर धनीले प्रहरीमा जाहेरी दिएका थिए ।

दुवै जनालाई नियन्त्रणमा लिई ठगी तथा लिखत सम्बन्धी कसुर किर्तेमा अनुसन्धान भईरहेको डिएसपी रेशम बोहराले जानकारी दिए ।

प्रकाशित: २८ जेष्ठ २०८३ १८:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App