प्रहरीले ठेकेदार रमेश शर्मालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो। पक्राउ गरी उनलाई सहरी विकास मन्त्रालयमा बुझाइएको छ।
उनी शर्मा एन्ड कम्पनीका अध्यक्ष हुन्। पटक-पटक ताकेता गर्दा पनि शर्माको कम्पनीले सरकारी ठेक्काको काम नसकेपछि पक्राउ गरेर कारबाही थालिएको मन्त्रालयले जनाएको छ।
प्रकाशित: २८ वैशाख २०८३ ११:३४ सोमबार




