२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

ट्रक र कन्टेनर ठोक्किँदा चालकको मृत्यु

नारायणगढ सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ नेवारपानीमा आज बिहान ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनबाट हेटौँडातर्फ आइरहेको कन्टेनर र हेटौँडाबाट चितवनतर्फ गइरहेको ट्रक एकापसमा ठोक्किँदा कन्टेनर चालक सर्लाहीको बरहथवा नगरपालिका १५ पिपराभिट्टाका गोविन्द चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई हेटौँडास्थित चुरेहिल अस्पताल पुर्याइएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका थिए।

प्रकाशित: २९ फाल्गुन २०८२ १०:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App