२ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

ज्वालामुखीलाई ‘स्वच्छ गाउँपालिका’ बनाउन सरोकारवालासँग परामर्श

धादिङको ज्वालामुखी गाउँपालिकालाई स्वच्छ गाउँपालिका बनाउने आवश्यक पूर्वाधार र योजनाहरूका बारेमा जानकारी लिने उद्देश्यले सरोकारवाला निकायहरूसँग परामर्श बैठकको आयोजना गरिएको छ।

गाउँपालिकाको रणनीतिक योजना २०८२ मा स्वीकृत भइसकेको भए पनि यसलाई थप सुदृढ बनाई गाउँपालिकाको अवधारणालाई पूर्णता दिन र कार्यान्वयनमा ल्याउन सरोकारवालाहरूसँग परामर्श बैठक बसेको हो। फोकस नेपाल र म्याक्स फाउन्डेसनको सहयोगमा ज्वालामुखी गाउँपालिकाले कार्यक्रमको आयोजना गरेको हो।

७ वटा वडा रहेको यस गाउँपालिकामा बसोबास गर्ने ६ हजार ८८ घर परिवारलाई स्वस्थ र निरोगी बनाई गाउँपालिकालाई स्वस्थ बनाउने अभियानअन्तर्गत पालिकाले सबै निकायहरूसँग समन्वय गरी अगाडि बढ्ने बताउँदै ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले स्वच्छ वातावरण, खानेपानी, शिक्षा, स्वास्थ्य तथा अन्य पूर्वाधारहरू तयार गरी ज्वालामुखी गाउँपालिकालाई स्वच्छ ज्वालामुखी गाउँपालिकाको घोषणा गर्न लागेको जानकारी दिए।

ज्वालामुखी गाउँपालिकाको रणनीतिक योजना र म्याक्स स्वास्थ्य पालिका सम्बन्धी राष्ट्रियस्तरको आज काठमाडौँमा बसेको बैठकमा संघीय र प्रदेश सरकारका प्रतिनिधि, ज्वालामुखी गाउँपालिका, विकास साझेदार, स्वास्थ्य क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

प्रकाशित: २२ जेष्ठ २०८३ २१:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App