१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

बुद्धसिंह मार्ग निर्माण सुस्त गतिमा

फाइल तस्बिर

पृथ्वी राजमार्गको विकल्प मानिएको तनहुँ सदरमुकाम र चितवनको घुमाउनेघाटसम्मको ३४ किलोमिटर निर्माणाधीन बुद्धसिंह मार्गमा ४० प्रतिशत भौतिक प्रगति भएको छ।

पूर्वाधार विकास कार्यालयकी इन्जिनियर सुष्मा पाण्डेका अनुसार व्यास–१ दमौली बसपार्कदेखि आँबुखैरेनी–५ घुमाउने घाटसम्मको ३४ किलोमिटरमध्ये चालु आर्थिक वर्षमा १० किलोमिटर पक्की बनाइने छ। एक किमी ढलान गरिने छ।

हालसम्म ५०० मिटर ढलान भइसकेको छ। सडक दमौली बसपार्कदेखि १० किलोमिटर सुँडेको पुलसम्म सात मिटर चौडा हुनेछ। सङ्घीय सरकारबाट बहुवर्षीय यो सडक निर्माणका लागि रु ३४ करोड २७ लाख ५४ हजार ५६१ विनियोजन भएको छ। वर्षाको पानी निकासका निम्ति नाला निर्माण, ‘स्ट्रक्चर’ र ‘सबग्रेडिङ’लगायत काम जारी छ।

प्रकाशित: ५ मंसिर २०८२ ०८:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App