१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

कांग्रेसले मनाउन सकेन ११२औं बीपी जयन्ती

जेन-जीको प्रदर्शनका कारण नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११२औं जन्मजयन्तीका अवसरमा कुनै कार्यक्रम हुन सकेन। बीपी संग्रहालय सुन्दरीजलमा प्रत्येक वर्ष कार्यक्रम गर्ने गरिए पनि मंगलबार बिहानदेखि प्रदर्शन उग्र भएपछि कुनै पनि कार्यक्रम आयोजना भएन।

सोमबार भएको घटनामा दर्जनौं युवा, विद्यार्थीले जीवन गुमाएको भन्दै सबै कार्यक्रम स्थगित गरिएको सामाजिक सञ्जालमार्फत घोषणा गरिएको थियो। चक्रपथभित्र सरकारले औपचारिक रूपमा कर्फ्यू जारी गरेकाले तय गरिएका अन्य कार्यक्रम पनि हुन सकेन।

सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धका कारण सोमबारदेखि एकाएक विकास भएको राजनीतिक घटनाक्रमले बीपी कोइरालाको जन्मजयन्तीका अवसरमा आयोजना गर्न लागिएका सबै कार्यक्रम हाललाई स्थगित गरिएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बीपी जयन्तीका अवसरमा प्रत्येक वर्ष भदौ २४ गते कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रम आयोजना गर्दै आएका थिए। रासस

प्रकाशित: २५ भाद्र २०८२ ०७:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App