१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

आयोगका पदाधिकारीको राजीनामा माग्दै द्वन्द्वपीडित धर्नामा

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पीडितमैत्री नभएको आरोप लगाउँदै द्वन्द्वपीडितहरू आज धर्नामा बसेका छन्।  

विस्तृत शान्ति सम्झौता भएको १९ वर्ष बितिसक्दा पनि न्याय नपाएको गुनासो गर्दै उनीहरूले दुवै आयोग कार्यालय अगाडि साङ्केतिक विरोध कार्यक्रम गरेका हुन्। उनीहरूले दुवै आयोगका पदाधिकारीको राजीनामा पनि मागेका छन्।

‘आम द्वन्द्वपीडित समुदाय’ को आह्वानमा भएको धर्नामा सहभागी पीडित राम भण्डारीले आयोगप्रति आफूहरूको विश्वास नभएको उल्लेख गर्दै दुवै आयोगका पदाधिकारीको राजीनामा माग गरे। आयोगमा वास्तविक पीडितको प्रतिनिधित्व हुने गरी आयोग पुनर्गठन गर्नुपर्ने उनका माग छ।

भण्डारीले आफूहरू करिब दुई दशकदेखि सत्यको खोजीमा रहे पनि राज्यबाट कुनै उत्तर नपाएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले भने, “पीडितहरू न्याय प्रक्रियामा सहभागी हुन पाएका छैनौं। राज्यले जबर्जस्ती आयोग गठन गर्‍यो, त्यसलाई हामीले प्रारम्भदेखि नै अस्वीकार्दै आएका छौं। आज सातै प्रदेशमा विरोध कार्यक्रम चलाइरहेका छौ।”

पीडितहरूले आयोगका कर्मचारीलाई सहानुभूति र समन्वयका लागि पनि आग्रह गरेका थिए।

सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उद्धवप्रसाद पुडासैनीले पीडितको आवाजलाई सम्बोधन गर्दै काम अघि बढाउन आफूहरू प्रतिबद्ध रहेको बताए। द्वन्द्वपीडित, राजनीतिक दल लगायतका सरोकारवालाहरू एउटै ठाउँमा आउन सके न्यायिक प्रक्रिया तीव्र हुने उनको भनाइ थियो।  

प्रकाशित: ५ मंसिर २०८२ १३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App