२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

प्रधानमन्त्री कार्कीको कार्यकालमा गुणस्तरीय शिक्षा सुनिश्चित हुने विश्वास

प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएसँगै विभिन्न संघसंगठनले बधाई तथा शुभकामना दिएका छन्।

गीता राणाको अध्यक्षतामा रहेको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले कार्कीलाई सफलताको शुभकामना दिँदै शिक्षा क्षेत्रमा सुधारको अपेक्षा गरेको छ। संगठनले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कार्कीको नेतृत्वमा शिक्षा क्षेत्रमा गुणस्तरीय सुधार, समावेशी पहुँच र दीगो विकास सुनिश्चित हुने विश्वास प्रकट गरेको हो।  

अध्यक्ष राणा र महासचिव प्रतापबहादुर थापाले संयुक्त रुपमा निकालेको विज्ञप्तिमा शिक्षा जीवनको आधारशिला भएकाले प्रधानमन्त्री कार्कीको कार्यकालमा गुणस्तरीय शिक्षा सुनिश्चित हुने विश्वास लिएको उल्लेख छ। पेशागत सम्मान कायम गर्ने, निजी तथा आवासीय विद्यालयहरूको लगानी र विकासलाई प्रोत्साहन गर्ने, शैक्षिक पूर्वाधार सुधारमार्फत दीगो विकास गर्ने तथा शिक्षा क्षेत्रमा रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता विज्ञप्तिमा औंल्याइएको छ।  

संगठनले संविधानको रक्षा गर्दै शिक्षा, शान्ति, प्रगति र समृद्धिलाई सुनिश्चित गर्ने दिशामा अघि बढ्नुपर्नेमा जोड दिँदै मुलुकलाई शैक्षिक गन्तव्यका रूपमा प्रवर्द्धन गर्न तथा शैक्षिक पर्यटनमार्फत विश्वभर सकारात्मक सन्देश प्रवाह गर्न सकिने विश्वास पनि प्रकट गरेको छ।  

युवाहरूको चाहनाअनुरूप शिक्षामा समान पहुँच, स्वतन्त्र पेशा(व्यवसायको वातावरण र लगानी प्रवर्द्धनमा प्रधानमन्त्रीको कार्यकाल महत्त्वपूर्ण बन्नेमा आफूहरू विश्वस्त रहेको नेसनल प्याब्सनले जनाएको छ।

प्रकाशित: २८ भाद्र २०८२ १३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App