नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले मुलुकमा विकसित विषम परिस्थितिले पर्यटकीय सिजनमा असर पर्ने चिन्ता व्यक्त गर्दै उठेका आवाजलाई सम्बोधन गरी शान्ति र स्थिरता कायम गर्न अपिल गरेको छ।
नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले मंगलबार एक विज्ञप्ति जारी गर्दै विद्यमान परिस्थितिले केवल राष्ट्रिय राजनीति र समाजमा मात्र नभई नेपालको आगामी पर्यटन मौसममा पनि गम्भीर असर पर्ने भन्दै वार्ता र संवादबाट समाधान खोज्न आग्रह गरेका हुन्।
‘शान्तिपूर्ण वातावरण, स्थायित्व र आतिथ्य भावना नै नेपालको पर्यटनको मेरुदण्ड हो, जसले लाखौं पर्यटकलाई नेपालतर्फ आकर्षित गर्दै आएको छ। यस्ता घटनाहरूले अन्तर्राष्ट्रिय समुदायमा असुरक्षा र अस्थिरताको सन्देश प्रवाह गर्न सक्ने हुँदा संवेदनशीलतापूर्वक सम्बोधन गर्न सरकारसँग माग गर्छौं,’ विज्ञप्तिमा भनिएको छ।
प्रकाशित: २५ भाद्र २०८२ ०७:२२ बुधबार





