१९ असार २०८३ शुक्रबार
image/svg+xml
समाज

खानेपानीको मुहानमा ‘कोलीफर्म’

बागलुङ स्थित ७७ स्थानका खानेपानी मुहानमा दिशामा पाइने कीटाणु (कोलीफर्म) भेटिएको छ। गाउँगाउँमा पुगेर खानेपानीका मुहानबाट नमूना पानी सङ्कलन गरी स्वास्थ्य कार्यालयको ल्यावमा परीक्षण गर्दा कोलिफर्मका कीटाणु फेला परेको स्वास्थ्य कार्यालय बागलुङ्का प्रमुख प्रवीण शर्माले बताए।  

स्वास्थ्य कार्यालय बागलुङले नियमित खानेपानीको शुद्धता परीक्षण गर्ने क्रममा उक्त कीटाणु फेला परेको स्वास्थ्य कार्यालय बागलुङका ल्याव टेक्निसियन डिल्लीप्रसाद आचार्यले बताए। खानेपानी गुणस्तर सर्भिलेन्सअन्तर्गत जिल्लाका ३६९ खानेपानीको मुहान परीक्षण गरिएको थियो।  

टेक्निसियन आचार्यले कोलिफर्म भेट्टिएका मुहानबाट सिधैँ प्राप्त हुने पानी नपिउन उपभोक्तालाई आग्रह गरे। धौलागिरी अस्पताल बागलुङका डा सन्दीप केसी कोलिर्फम भेट्टिएका पानी पिउनाले ज्वरो, झाडापखाला, मलेरिया, टाइफाइट जस्ता रोग लाग्ने बताए। 

बागलुङ्का १० स्थानीय तहमध्ये ताराखोला गाउँपालिकाकामा रहेका पानीको मुहान परीक्षण हुन बाँकी छ, भने काठेखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा भने खानेपानीको परीक्षणमा ‘कोलीफर्म’ देखिएको छैन। 

सबैभन्दा धेरै खानेपानीको मुहान जैमिनी नगरपालिकामा परीक्षण गरिएको छ। जैमिनी नगरपालिकाको १३८ खानेपानीको मुहान परीक्षण गर्दा २७ खानेपानी मुहानमा ‘कोलीफर्म’ फेला परेको छ।  

चिकित्सकका अनुसार कोलिफर्म देखिएको खानेपानी सोझै खानु हानिकारक हुन्छ, खानेपानीलाई उमालेर अथवा अन्य विधिको प्रयोग गरेर मात्रै पिउन अनुरोध गरिएको छ।     

प्रकाशित: १९ असार २०८३ १६:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App