७ मंसिर २०८३ सोमबार
image/svg+xml
समाज

दुई बसको बिचमा च्यापिएर सहचालकको मृ*त्यु

मोरङको बेलबारीमा एकै विद्यालयका दुई बसको बिचमा च्यापिएर एक जना बसका सहचालकको मृत्यु भएको छ। सोमबार बिहान ९ बजेतिर भएको दुर्घटनामा बेलबारी नगरपालिका–४ का ४५ वर्षीय देवी खतिवडाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बेलबारी नगरपालिका–२ स्थित शिक्षा सन्देश इंग्लिस स्कुलको गेटमा बिहान गाडी स्टार्ट गर्न खोज्दा दुई बसको बिच भागमा च्यापिएर खतिवडाको मृत्यु भएको हो। स्कुलको को १ ख ५२७९ नम्बरको बस स्टार्ट गर्न डोरी लगाउने क्रममा को १ ज १२६९ नम्बरको बस अचानक पछाडि सरेपछि खतिवडा दुई बसको बिचमा च्यापिएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका खतिवडालाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पतालमा उपचारका लागि लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।  

घटनापछि प्रहरीले दुवै बस र चालकलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका चालकमा केराबारी गाउँपालिका–९ का २५ वर्षीय सरोज ढकाल र बेलबारी नगरपालिका–४ का ४० वर्षीय नवराज खत्री रहेका छन्।

उनीहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर घटनाका बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ मंसिर २०८३ १३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App