१० मंसिर २०८३ बिहीबार
image/svg+xml
समाज

आईजीपीले म्याद नबुझ्दा सर्वोच्चमा दानबहादुरको रिट सुनुवाइ रोकियो

दानबहादुर कार्कीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा आजका लागि तोकिएको सुनुवाइ स्थगित भएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) मनोजकुमार केसीले अदालतको म्याद नबुझेपछि सुनुवाइ प्रक्रिया अघि बढ्न नसकेको हो।

रिटमा विपक्षी बनाइएका अन्य पक्षले अदालतको म्याद बुझिसके पनि आईजीपी केसीले भने अझै म्याद बुझेका छैनन्। म्याद तामेल हुन बाँकी रहेको जानकारी पाएपछि न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासले महान्यायाधिवक्तालाई बोलाएर म्याद बुझ्ने व्यवस्था सुनिश्चित गर्न निर्देशन दिएको छ।

आईजीपी केसीले म्याद बुझेपछि मात्रै रिटमाथिको सुनुवाइका लागि नयाँ मिति निर्धारण गरिनेछ।

यसअघि गत मङ्सिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै दुवै पक्षलाई अन्तरिम आदेशका विषयमा छलफल गर्न उपस्थित हुन आदेश दिएको थियो।

प्रकाशित: ७ मंसिर २०८३ १३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App